संसद विघटनविरुद्ध देशभर प्रदर्शन गर्ने निर्णय गरेको कांग्रेसमा अलमल, आजको बैठकले कार्यक्रम तय गर्ने सम्भावना

khabarwave
९ पुष २०७७

काठमाडौं । संसद विघटनविरुद्ध देशभर प्रदर्शन गर्ने निर्णय गरेको नेपाली कांग्रेसको आज पनि  केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ । आजको बैठकले संसद विघटनविरुद्ध आन्दोलनका कार्यक्रम तय गर्ने सम्भावना छ ।                                                                                        ससद विघटनविरुद्ध आन्दोलन गर्ने सवालमा कांग्रेसभित्र मतभेद छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले संसद विघटन असंवैधानिक भएकाले तत्काल सशक्त आन्दोलनमा जानुपर्नेमा जोड दिदै  छ भने सभापति शेरबहादुर देउवा भने मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले फैसला नआउन्जेल कुर्नुपर्ने पक्षमा छन् ।

Loading spinner