संसद विघटनपछि माैन रहेकाे चीनका उच्च अधिकारी ७ दिनपछि नेपाल भ्रमणमा

khabarwave
१२ पुष २०७७

काटमाडौं । संसद विघटन र नेकपामा आएको फुटबारे औपचारिक प्रतिक्रिया  नदिएको नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे बुझ्न चीनका उच्च अधिकारीको टोली काठमाडौं आइपुगेको छ । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको चार सदस्यीय टोली एयर चाइनाको चार्टर्ड विमानबाट काठमाडौं आएको हो ।

नेता यचौ ०७४ फागुनमा पनि व्नेरिनाे थेत,। पाल आएका थिए । यचौको भ्रमण भएको तीन महिनापछि तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रबीच पार्टी एकीकरण भएको थियो । नेकपामा आएको फुटबारे चिनियाँ कम्युनिस्ट पार्टीले चिन्ता व्यक्त गरेको छ । त्यही चिन्तासहित उपमन्त्री येचौको नेपाल भ्रमण भएको हो ।

Loading spinner