संसद विघटनको विरोधमा कांग्रेसकाे कडा आन्दोलनको घाेषणा,६७४३ वटै वडामा प्रदर्शनको कार्यक्रम

khabarwave
१९ पुष २०७७

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा प्रतिनिधिसभा विघटनको विरोधमा आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।

आइतबार बसेको केन्द्रीय समिति बैठकले पुस २५ देखि माघ ८ गतेसम्म निर्वाचन क्षेत्रदेखि वडा तहसम्मको विरोध प्रदर्शनको कार्यक्रम तय गरेको हो । पुस २५ गते देशभरका ३सय ३० वटा प्रदेश निर्वाचन क्षेत्रमा कांग्रेसले विरोध प्रदर्शन गर्नेछ । त्यसपछि माघ ३ गते ७सय ५३ वटै स्थानीय तहमा र माघ ८ गते ६७४३ वटै वडामा प्रदर्शनको कार्यक्रम तय भएको छ ।

Loading spinner