संसद बिघटन गर्ने प्रधानमन्त्रीलाई सुस्थीर राजनीतिकाे चिन्ता,नयाँ वर्षमा शुभकामना दिदै भने-अर्को नयाँ वर्षको संघारमा पुग्दासम्म विकास र समृद्धिकाे जग बस्छ

khabarwave
१७ पुष २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को नयाँ वर्षको संघारमा पुग्दासम्म विकास र समृद्धिका लागि बसालेको जग अझ देखिने गरी थप उचाइमा पुग्ने बताएका छन । अंग्रेजी नयाँ वर्ष सन् २०२१ को अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सुस्थीर राजनीति अपरिहार्य रहेको बताउँदै ओलीले मुलुकलाई विकास र समृद्धिमा लैजाने काममा अनेक व्यवधानहरूको सामना गर्नु परेको स्मरण पनि गरेका छन् । उनले भनेका छन -‘हामीले मुलुक र जनताको दीर्घकालीन हितमा अगाडि बढाएका पाइलालाई गन्तब्यतर्फ थप गतिशील बनाएका छौं । राष्ट्रिय समृद्धितर्फका हाम्रा पाइला आगामी वर्षमा अझ दृढतापूर्वक उचाइमा पुग्नेछन् भन्ने विश्वास दिलाउन चाहन्छु ।

आगामी दिनमा राष्ट्रिय आकांक्षा पूरा गर्न संविधानको प्रभावकारी कार्यान्वयन, सामाजिक जागरण र उत्थानका कामहरूलाई प्रभावकारी ढंगबाट अघि बढाउँदै सुशासन र विकासको बाटोबाट अघि बढ्ने उनले उल्लेख गरेका छन् ।आगामी वर्ष राष्ट्रको अवस्था समृद्ध र जनताको जीवन सुखी बनाउने अभियान सार्थक बिन्दुको अझ नजिक पुग्ने बताउँदै उनले राष्ट्रियता पनि अझ मजबुत हुने विश्वास व्यक्त गरेका छन् ।

 

Loading spinner