संसद् पुनःस्थापना भएसँगै दलहरुबीच सहमति हुने सभामुखकाे दाबी, अध्यक्ष नेपाल भन्छन-ओलीसँग एकताको कुनै सम्भावना छैन

khabarwave
१५ फाल्गुन २०७७

काठमाण्डाै । सभामुख अग्निप्रसाद सापकोटाले अब दलहरुबीच छलफल र समझदारी भएर पुरानै तवरले संसद् पुनः सञ्चालन गर्ने बताएका छन ।  चितबनमा आयाेजित एक कार्यक्रममा बाेल्दै सभामुख सापकोटाले संसद् पुनःस्थापना भएसँगै दलहरुबीच सहमति हुने विश्वास व्यक्त गरेका छन् ।राजनैतिक दलको विवादले संसदीय प्रक्रियालाई कुनै असर नगर्ने र आफूले सहजीकरण गर्ने उनकाे भनाइ थियाे ।

उता नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीसँग एकताको कुनै सम्भावना नरहेको बताएका छन् । बरु ओली प्रवृत्तिविरुद्ध आन्दोलनमा सहभागी शक्तिहरुबीच सहकार्य गरेर अगाडि बढ्ने उनले बताए ।पार्टी सम्बद्ध शिक्षकहरुको राष्ट्रिय भेलालाई शनिबार सम्बोधन गर्दै अध्यक्ष नेपालले  ओलीसँगको एकताको कुनै सम्भावना नभएकाे दाबी गरेका छन ।

 

Loading spinner