संसदीय दलको नेतामा पुनः पुष्पकमल ,अविश्वासको प्रस्तावबाटै ओलीलाई हटाउने दाबी

khabarwave
२१ फाल्गुन २०७७

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका सांसदहरुले संसदीय दलको नेतामा पुनः पुष्पकमल दाहाललाई चयन गरेको छ ।संसदीय दलको बहुमत सदस्यले आफूलाई नेता चयन गरेको भन्दै प्रचण्डले आफूहरु नै आधिकारिक भएको दाबी गरेका छन ।  नेता प्रचण्डले अब प्रधानमन्त्री केपी शर्मा ओलीलाई अविश्वासको प्रस्तावबाटै हटाउने बताएका छन् ।

प्रतिनिधिसभाको बैठक फागुन २३ गते बोलाइएको र दुई दिनअघि प्रचण्ड–माधव समूहका प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरुको बैठक बसेको थियो ।दुबै सदनमा गरी नेकपाका २२१ सांसद छन्, जसमध्ये १११ जना प्रचण्ड–माधव समूहले बोलाएको बैठकमा उपस्थित थिए । योगेश भट्टराईसहित ७ सांसद विभिन्न कारणले शुक्रबारको बैठकमा आउन नपाएको नेताहरुको दाबी छ ।

 

Loading spinner