संबैधानिक परिषदकाे बैठक बस्न नसक्दा अब ३८ जना पदाधिकारी नियुक्तिको सिफारिस के हुन्छ ?

khabarwave
२० माघ २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाेलाएकाे संबैधानिक परिषदकाे बैठक  स्थगित भएको छ । बुधबार  २ पटक संवैधानिक परिषद्को बैठक राख्ने प्रधानमन्त्री ओलीकाे प्रयास  प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको असहमतिका कारण परिषद्को बैठक राख्ने प्रयास सफल हुन सकेन । प्रधानन्यायाधीशले सर्वोच्च अदालतमा संसद विघटनसम्बन्धी मुद्दा चलिरहेका बेला सोही मुद्दाका पक्ष रहेका प्रधानमन्त्रीले बोलाएको बैठकमा उपस्थित हुन नमिल्ने जवाफ दिएका कारण परिषद्को बैठक स्थगित भएको  बताइन्छ। पुस ५ गते संवैधानिक परिषद्ले विभिन्न ११ वटा संवैधानिक आयोगहरुमा ३८ जना पदाधिकारी नियुक्तिको सिफारिस गरेको थियो । सो सिफारिस संसदीय सुनुवाइका लागि संसद सचिवालयमा सोही दिन दर्ता भएको र सो पत्र सभामुख अग्नि सापकोटाले सोमबार परिषद्मै फिर्ता पठाइदिएपछि प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्को बैठक राख्ने प्रयास गरेका हुन्, जुन प्रयास सफल हुन नसकेपछि अब नियुक्तिको सिफारिस के हुन्छ भन्ने प्रश्र खडा भएकाे छ।

प्रधानमन्त्री ओलीले  सुनुवाइको म्याद ४५ दिन गुज्रेकाले ३८ जनालाई नियुक्त गर्नु भनी राष्ट्रपतिसमक्ष सिफारिस पठाउन संवैधानिक परिषद्को बैठक डाकेका थिए ।परिषदमा हाल कायम रहेका अध्यक्ष ओलीसहितका पाँच जना पदाधिकारीमध्ये प्रधानन्यायाधीश जबरा, सभामुख सापकोटा र विपक्षी दलका नेता शेरबहादुर देउवा अनुपस्थित हुँदा परिषदको बैठकका लागि कोरम पुग्दैन ।

यो स्थितिमा परिषदमा हाल कायम रहेका सदस्य ४ जना मात्र मान्ने हो भने पनि दुईजनाले मात्र बहुमत पुग्दैन, तीन जना अनिवार्य चाहिन्छ ।प्रधानन्यायाधीश र सभामुख अनुपस्थित रहेको अवस्थामा प्रधानमन्त्री ओली र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना दुईजनाले मात्रै निर्णय गरे त्यसले वैधानिकता नपाउने र परिषदको बैठकका प्रधानन्यायाधीश संसद बिघटन सम्बन्धि मुद्दाकाे फैसला नहुनजेल उपस्थित नहुने अबस्था देखिएकाले तत्काल बिषयले निकास नपाउने देखिएकाे छ ।

 

Loading spinner