संक्रमित फेला परेपछि पुनः ब्यापक परीक्षण सुरु,४७ लाख जनसंख्याको परीक्षण

khabarwave
१० कार्तिक २०७७

काठमाण्डाै । सिनजियाङ प्रान्तमा स्थानीय स्तरमा कोरोना संक्रमित फेला परेपछि चीनमा पुनः ब्यापक परीक्षण सुरु गरिएको छ । कसगरका करिब ४७ लाख जनसंख्याको परीक्षण भइरहेको छ । हालसम्म १३८ जना लक्षणरहित संक्रमित फेला परिसकेका छन् ।चीनले कोरोनाभाइरसको संक्रमणलाई सफलतापूर्वक नियन्त्रण गर्न सफल भएको छ । तर, बेलाबेला केही स्थानमा संक्रमणको मामिला देखिने गरेका छन् ।कसगरमा विद्यालयहरु बन्द गरिएका छन् भने त्यहाँका बासिन्दालाई रिपोर्ट नेगेटिभ नभएसम्म सहर छाड्न प्रतिबन्ध गरिएको छ ।

चिनियाँ सञ्चारमाध्यमका अनुसार नियमित परीक्षण्मा सुफु काउन्टीमा रहेको एक गार्मेन्ट फ्याक्ट्रीमा कार्यरत एक महिलामा लक्षणरहित संक्रमण पुष्टि भएको थियो । त्यो चीनमा स्थानीय स्तर १० दिनपछि संक्रमण फेला परेको पहिलो घटना थियो ।लगत्तै सरकारले त्यहाँ व्यापक परीक्षण सुरु गरेको थियो । र, हालसम्म थप १३७ जना संक्रमित भेटिएका छन् ।

चीनमा लक्षणरहित संक्रमितलाई आधिकारिक तथ्यांकमा दर्ता गरिँदैन । चीनमा हालसम्म ८५ हजार ८१० जना संक्रमित फेला परेका छन् भने ४ हजार ६३४ जनाले ज्यान गुमाएका छन् ।

आइतबार साँझसम्म कसगरमा २८ लाख जनाको परीक्षण भइसकेको छ । बाँकीको दुई दिनभित्र परीक्षण सकिने अधिकारीहरुले जानकारी दिएका छन् ।

बीबीसी (एजेन्सीकाे सहयाेमा )

Loading spinner