शुक्रबारसम्म भारी बर्षा,प्राकृतिक बिपत्ती निम्तिन सक्ने भन्दै सर्तक रहन बिभागकाे अनुरोध

khabarwave
७ आश्विन २०७७

काठमाण्डाै। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले  देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्ययम वर्षा भइरहेको जनाएकाे छ।हाल भारतको छत्तिसगढको उत्तरी क्षेत्रमा न्युन चापीय क्षेत्र रहेको छ। साथै यो न्युन चापिय क्षेत्र पश्चिम तथा उत्तरपश्चिम सरेका कारण बदली भएकाे बताइएकाे छ।

बुधबार दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका घेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सबै प्रदेशका केहि स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का केहि स्थानहरुमा  भारी वर्षाको समेत सम्भावना रहेको छ । बिहीबार पनि देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ।

शुक्रबार प्रदेश नं १, प्रदेश नं २ र बाग्मती प्रदेशमा पूर्णतया बदली रही बाँकी प्रदेशहरुमा सामान्य बदली रहनेछ। प्रदेश नं १, प्रदेश नं २ र बाग्मती प्रदेशमा धेरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ

ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ।

 

Loading spinner