शपथसम्बन्धी संघीय कानुन नै नभएको अवस्थामा शपथ गराएकाे भन्दै सर्वोच्चमा रिट

khabarwave
१२ आश्विन २०७८

काठमाडौं ।शपथसम्बन्धी संघीय कानुन नै नभएको अवस्थामा राष्ट्रपति विद्यादेवी भण्डारीले असोज ६ गते परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई पद तथा गोपनीयताको शपथ गराएको भन्दै सर्वोच्चमा रिट दायर भएकाे छ। मंगलबार अधिवक्ता विशाल न्यौपानेले परराष्ट्रमन्त्री नारायण खड्काको शपथ बदरको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेका हुन ।

केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको शपथसम्बन्धी अध्यादेश संसदबाट पारित नभएपछि निष्क्रिय भएको छ । रिटमा उनले प्रश्न गर्दै भनेका छन् – परराष्ट्रमन्त्री खड्काले कुन कानुनअनुसार शपथ लिएको भनी कुन संघीय कानुन बमोजिम गरिएको हो भन्ने उल्लेख नै नगरी अथवा कानुनको स्रोतको अभावमा र कानुनले परिकल्पना गरेको कुनै ढाँचाविना असंवैधानिक तवरले गरिएको पद तथा गोपनीयताको शपथ उत्प्रेषणको आदेशबाट बदर गरिपाउँ ।’

सर्वोच्च अदालतका अनुसार यो रिटमा बुधबारका लागि पेशी तोकिएको छ ।

Loading spinner