विशाल ग्रुप संयुक्त अप्रेशन टाेलीकाे फन्दामा,९ जना रङ्गेहात पक्राउ

khabarwave
१६ आश्विन २०७७

काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखा नयाँ बानेश्वर र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको संयुक्त अप्रेशनमा व्यापारिक समूह विशाल ग्रूपले आयात गर्ने चकलेट, बिस्कुट, आलु चिप्स जस्ता खाद्य वस्तु म्याद सकिए पनि पुनः नयाँ म्याद राखेर बजारमा पठाउने गरेको भेटिएको छ ।

स्नेकर्स चकलेट, ओरियो बिस्कुट, प्रिङ्गल्स चिप्ससहित बजारमा नियमित प्रयोगमा रहेका आधा दर्जन खाद्य वस्तुमा म्याद सकिएपछि पनि पुनः नयाँ म्याद राखेर बजार पठाउने गरेको भेटिएको वाणिज्य विभागले जनाएको छ।म्याद सकिएको खाद्य वस्तुमा पुनः उपभोग्य मिति राख्दै गरेको अवस्थामा मेशिनसहित बिहीबार विभागले ९ जनालाई रङ्गेहात पक्राउ गरेको हाे।

पक्राउ परेकालाई अहिले महानगरीय प्रहरी प्रभाग दरबारमार्गमा राखेर अनुसन्धान अघि बढाइएको छ । पक्राउ परेका ९ मध्ये बात्रा भारत राजस्थानका नागरिक हुन् भने अन्य नेपाली कामदारहरु रहेको विभागले जनाएको छ ।

 

Loading spinner