विप्लव सहित ४२ जना नेता तथा कार्यकर्ताविरुद्ध ज्यान मुद्दा, आज थुनछेक बहस हुँदै

khabarwave
४ फाल्गुन २०७७

काठमाण्डाै ।  माेरङ मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठ हत्या प्रकरणमा विप्लव समूहका ४२ जना नेता तथा कार्यकर्ताविरुद्ध जिल्ला अदालत मोरङमा अपहरण र कर्तब्य ज्यान मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयमा सोमबार मुद्दा दायर गरेको हो । मुद्दामा मंगलबारबाट थुनछेक बहस हुने छ ।

सरस्वती आधरभूत विद्यालयका प्रधानध्यापक  श्रेष्ठको २३ मंसिरमा अपहरणपछि घाटी रेटेर हत्या गरिएको थियो । प्रहरीले अनुसन्धान पश्चात प्रहरीले विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लव र प्रवक्ता खड्गप्रसाद विश्वकर्मा प्रकण्डसहित ४२ जनालाई मुद्दा चलाउनुपर्ने प्रतिवेदन बुझाएको थियो ।विप्लवको निर्देशनमा जितेन्द्र महरासहित ६ जनाले अपहरणपछि हत्या गरेको अभियोग पत्रमा दाबी गरिएको छ ।

अभियोगपत्रमा कपिलवस्तु शिवराज नगरपालिका-९ का  नेत्रविक्रम चन्द विप्लव, कालिकोट नरहरीनाथ गाउँपालिका- ६ का खड्गप्रसाद विश्वकर्मा प्रकाण्ड, रोल्पा थवाङ गाउँपालिका- १ का सन्तोष बुढामगर जाजरकोटका दिपक चलाउने, संखुवासभाका मादी नगरपालिका- ४ का धनबहादुर विक लगायतलाई प्रतिवादी बनाइएको छ ।

 

 

 

Loading spinner