विप्लव नेतृत्वको पार्टीका नेता धमेन्द्र बाँस्तोला ‘कञ्चन’ लगायतका नेता पक्राउ

khabarwave
२९ पुष २०७७

काठमाडौं । नेपाल प्रहरीले विप्लव नेतृत्वको नेपाल  कम्युनिस्ट पार्टीका नेता धमेन्द्र बाँस्तोला ‘कञ्चन’लाई पक्राउ गरेको छ ।

विप्लव समुूका गतिविधिलाई सरकारले प्रतिबन्ध लगाएको छ भने प्रहरीले धरपकड गर्दै आएको छ ।कम्युनिस्ट पार्टीका  पार्टीका केन्द्रीय सचिवालय सदस्य समेत रहेका बाँस्तोलालाई ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । नेता बास्तोलासहित प्रकाश शाही , बिबेक कुमाल र विश्वाशलाई प्रहरीले गिरफ्तार गरेको बताएकाे प्रहरीले अन्य बिबरण भने सार्बजनिक गरेकाे छैन ।

Loading spinner