वरिष्ठ नेता पौडेललाई प्रहरीले नियन्त्रणमा लिएपछि कांग्रेसमा आक्राेस,देउवा भन्छन-एक ढिक्का भएर सशक्त प्रतिरोध गरिन्छ,सरकारकाे शक्ति उन्मादकाे परकाष्ट भएकाे गगनकाे टिप्पणी

khabarwave
१७ मंसिर २०७७

काठमाडौं । नेपाली कांग्रेसका  वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा बुधबार प्रहरीले नियन्त्रण लिए लगत्तै कांग्रेसका नेताहरूले बिराेध जनाएका छन ।  कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छा ।

पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले विज्ञप्ति जारी गरेर लेखेका छन्, ‘वर्तमान सरकारको अधिनायकवादी आकांक्षाको जगमा भएको यो घटनाप्रति कडा विरोध प्रकट गर्दै अधिनायकवादी अभिष्टलाई पुरा हुन नदिन कांग्रेस एक ढिक्का भएर सशक्त प्रतिरोध गर्ने चेतावनी दिन चाहन्छु ।’ उनले लेखेका छन्, ‘सरकारको यो निन्दनीय व्यवहारको भत्सर्ना गर्दै तत्काल उहाँलाई रिहा गर्न, अन्यथा उत्पन्न हुने परिस्थिति सामनाका लागि तयार बस्न म सरकारलाई चेतावनी दिन चाहन्छु ।’सभापति देउवाले पौडेललाई तत्काल रिहा गर्न समेत माग गरेका छन् ।

नेका वरिष्ठ नेता पौडेललाई गिरफ्तारी र प्रहरी हस्तक्षेपकाे युवा नेता गगन थापाले सामाजिक संजालमार्फत बिराेध जनाएका छन । उनले भनेका छन-नेका वरिष्ठ नेता पौडेललाई गिरफ्तारी र प्रहरी हस्तक्षेप स्थानीय प्रशासनको एकल निर्णय र परिस्थितिजन्य प्रतिक्रिया हुनै सक्दैन,होइन।यो नियोजित हो,राजनीतिक प्रतिशोध हो, शक्ति उन्माद हो।यसले यो सरकारको चरित्रलाई उदाङ्गो बनाएको छ।

ि यो तपाईँका लागि निकै महँगो पर्नेछ।

Loading spinner