लोकसेवा आयोग पदाधिकारीबिहिन हुँदा परिक्षासम्बन्धी सम्पूर्ण काम राेकियाे

khabarwave
११ चैत्र २०७७

काठमाडौँ । मंगलबारबाट लोक सेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीसहित पाँचै जना पदाधिकारीको पदावधि सकिएको छ।अध्यक्ष मैनालीसहित ७ जना पदाधिकारीको २०७१ चैत ११ मा नियुक्ति भएकोमा दुई जना यसअघि नै उमेर हदको कारण अवकाश भइसकेका छन् भने बाँकी रहेका सबै पदाधिकारी एकै दिन आयोगबाट बिदा भएका हुन् ।

अध्यक्ष उमेशप्रसाद मैनालीसहित सदस्य बिन्द्रा हाडा भट्टराई, अशोककुमार झा, ब्रह्मदेव राय, कृष्णचन्द्र झाको ६ वर्षे पदावधि  सकिएको हो।आयोग पदाधिकारी विहीन भएसँगै आयोगका सूचना, विज्ञापन, लिखित नतिजा प्रकाशन, अन्तर्वार्ता, सिफारिस, बढुवालगायत कामहरू रोकिएका  छन् ।

Loading spinner