मन्त्री बनाउने आश्वासनपछि माननीयहरू यताउता, सरकार टिकाई राख्न चलखेल

khabarwave
१९ पुष २०७७

काठमाण्डाै । लुम्बिनी प्रदेश सभा सदस्य दधिराम न्यौपाने (माधव शर्मा ) ओली समूहमा लागेका छन् । रुपन्देही-१ बाट निर्वाचित उनी एक साताअघि प्रचण्ड-नेपाल समूहको रुपन्देही जिल्ला भेलामा सहभागी भएका थिए । प्रचण्ड-नेपाल समूहका नेताहरुले भने मन्त्री बनाउने आश्वासन पाएर न्यौपाने ओली समूहमा लागेको दावी गरेको छ ।

माओवादी पृष्ठभूमिबाट आएका उनी प्रदेश सभाको अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति पनि हुन् ।शुरुमा प्रतिनिधि सभा विघटन असंवैधानिक हो कि भन्ने लागेर प्रचण्ड-नेपाल समूहको भेलामा गएको तर अध्ययन गर्दै जाँदा ओलीको कदम सही लागेको उनले प्रतिक्रिया दिए । विचार र दृष्टिकोणमा दुबै समूहमा फरक नभएको उनले बताएका छन  । प्रदेशसभामा नेकपाका ६१ सांसद छन् । ८७ जना प्रदेशसभा सदस्य रहेको लुम्बिनी प्रदेशमा आफ्नो सरकार टिकाई राख्न मुख्यमन्त्री शंकर पोखरेल ओलीलाई कम्तिमा ४४ सांसद चाहिन्छ । पूर्वमाओवादी खेमाका २० जनामध्ये १८ जना प्रचण्ड-नेपाल पक्षमा छन् ।

 

Loading spinner