लुम्बिनी प्रदेशमा जसपाभित्र भाँडभैलाे , केन्द्रीय स्तरबाट कुनै कारवाही नभएका माननीयहरूकाे सांसद पद चट्

khabarwave
१७ बैशाख २०७८

काठमाण्डाै  । जनता समाजवादी पार्टीका चार प्रदेश सांसदलाई पार्टीले कारवाही गरेको छ । लुम्बिनी प्रदेश सरकारमा सहभागी भएका पार्टीले गरेको कारबाहीअनुसार उनीहरुको सांसद पद खोसिएको हो । यो कदमले जसपा भित्रको विवाद झन् चर्किने संकेत देखिएको छ ।
प्रदेशसभा सचिवालयको  सूचनाअनुसार जसपा नेपालको लुम्बिनी प्रदेश संसदीय दलको कार्यालयको वैशाख १६ गतेको पत्रअनुसार सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई प्रदेशसभा सदस्यबाट निष्काशन गरिएको हो ।सचिवालयका अनुसार पार्टीले ती चारजनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको पत्र प्राप्त भएको छ ।

उता जनता समाजवादी पार्टी का अध्यक्ष महन्थ ठाकुरलेबिहीबार लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीलाई पत्र लेख्दै उनीहरुलाई पार्टीको केन्द्रीय स्तरबाट कुनै कारवाही नभएको जानकारी दिएका हुन् । उनीहरुमाथि बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षले कार्वाही गरेको जनाइएको छ । बाबुराम र उपेन्द्रको यो कदमपछि अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो आक्रोशित बनेका छन्।

Loading spinner