लुम्बिनी प्रदेशकाे मुख्यमन्त्रीकालागि कुलप्रसादकाे दाबी, एमाले परित्याग गर्नेहरूकाे सूचि लम्बिदै

khabarwave
१९ बैशाख २०७८

काठमाडौं । लुम्बिनी प्रदेशको नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले ४२ सांसदको हस्ताक्षरसहित आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख सामू दाबी पेश गरेका छन् ।

सूर्य चिह्नबाट चुनाव जितेका स्वतन्त्र राजनीतिक समूहका धर्मबहादुर लाल श्रीवास्तव र अजय शाही तथा साबिकको नेकपाबाट चुनाव जितेकी विमला केसीले पनि उक्त दाबीमा  हस्ताक्षर गरेका छन् । उता नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् ।  कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुख सामू राजीनामा पेश गरेका हुन् ।

उनले राजीनामा पत्रमा   हालको राजनीतिक परिस्थिति नियाल्दै आइतबारकै मितिदेखि लागू हुने गरी राजीनामा दिएको उल्लेख गरेका छन्

प्रदेश प्रमुख धर्मनाथ यादवले एमाले संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेलगत्तै ४२ सांसदको हस्ताक्षरले केसीको नेतृत्वमा नयाँ सरकार गठनका लागि दावी पेश गरेका हुन् ।

 

 

Loading spinner