लाहुर जाने रेलकी नायिकासँग गायक निशानको विहे

khabarwave
२९ श्रावण २०७७

काठमाडौं । गायक निशान भट्टराईले विवाह गरेका छन्। श्रीकृष्ण जन्माष्टमीको अवसरमा मंगलवार निशानले प्रेमिका ऋचा न्यौपानेसँग जिल्ला अदालत काभ्रेमा कानूनी विवाह गरेका हुन्। दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेका निशान र ऋचाको काभ्रे बार एशोसियसनका पूर्वअध्यक्ष एवं सर्वोच्च अदालतका अधिवक्ता रमेश हुमागाईंको रहोवरमा दर्ता विवाह भएको हो। ऋचा मोडल हुन्। पछिल्लो समय के माया लाग्छ र गीतको टिकटिक भिडियोमा निशान र ऋचा सँगै देखिएका थिए। ऋचाले ‘लाहुर जाने रेल’ बोलको गीतमा निशानसँग अभिनय गरेकी छन्।

Loading spinner