
लगानी बोर्डको विशेषज्ञ सदस्यमा काे- काे ?
काठमाडौं। लगानी बोर्डको विशेषज्ञ सदस्यमा उद्योगीहरू भवानी राणा, हरिभक्त शर्मा र राजेशकाजी श्रेष्ठ नियुक्त भएका छन्।
राणा नेपाल उद्योग वाणिज्य महासंघ र शर्मा सीएनआइका निवर्तमान अध्यक्ष हुन्। त्यस्तै श्रेष्ठ नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा बसेको बोर्डको बैठकबाट उनीहरु विशेषज्ञ सदस्यमा नियुक्त भएका हुन ।त्यस्तै बैठकले आमन्त्रित सदस्यका रूपमा वालकृष्ण शिवाकोटीलाई मनोनयन गर्ने पनि निर्णय गरेको छ।