लक्की ड्रमा सफल आरोही बने विजेता

khabarwave
९ कार्तिक २०७७

काठमाडौं । गत हप्ता खुलेको बीग मार्टको लक्की ड्रमा दामाइ छिरी शेर्पाले चिठ्ठा जितेका छन् । काठमाडौंको कपनमा खुलेको उक्त मार्टले खोलेको लक्की ड्रमा शेर्पा छानिएको विश्वविख्यात मोडल आङ तेम्बा  शेर्पाले बताउनुभयो ।

११ पटक सगरमाथाको सफल आरोहण गर्न सफल पुरस्कृत व्यक्तित्व दामाइ छिरी शेर्पाले हिमलोङ, धवलागिरी, छोयो, कञ्चनजङ्गा जस्ता हिमालको सफल आरोहण गरिसकेर कीर्तिमान कायम गरेका छन् ।

पुरस्कृत व्यक्तित्व शेर्पाले ३ तोल सुनको तिलहरी जितेका हुन् । तीजका बेला खोलिएको उक्त लक्की ड्रको नजिता गतहप्ता सार्वजनिक गरिएको थियो । उनी दोस्रो विजेता बन्न सफल भएका थिए ।यसअघि फाेन पेकाे लक्की ड्रमा विश्वविख्यात मोडल आङ तेम्बा  शेर्पा बिजेता बन्नुभएकाे थियाे ।

Loading spinner