रेल विभागकाे महानिर्देशकमा बज्राचार्य

khabarwave
२० आश्विन २०७७

काठमाडौं। रेल विभागकाे महानिर्देशक पदमा सहसचिव प्रमिला बज्राचार्य नियुक्त भएकी छिन। भाैतिक याेजना तथा           यातायात मन्त्रालयले उनलाई साे जिम्मेवारी दिएकाै हाे ।दुई वर्ष एक महिना नेतृत्व गरेर महानिर्देशक पदबाट बलराम मिश्रले अनिबार्य अबकास पाएसँगै उनले साे जिम्मेबारी पाएकी हुन ।

सोमबार नै उनले कार्यभार सम्हालेकी छन्। बज्राचार्य मन्त्रालयकी वरिष्ठ सहसचिव हुन्। उनी सचिवमा बढुवा हुने मन्त्रालयको पहिलो नम्बरमा छिन्। उनैलाई सरकारले ३ सय बिजुली बस खरिद गर्न गठन गरिएको कार्यदलको संयोजकको जिम्मा दिएको थियो।

बज्राचार्य खानेपानी विभागमा इन्जिनियरका रूपमा सरकारी सेवामा प्रवेश गरेकी हुन्। सुरुमा उनले एसियाली विकास बैंकको सहयोगमा संचालित सामुदायिक खानेपानी सुधार आयोजनामा काम गरेकी थिइन्।

त्यसपछि खानेपानी विभागमा काम गरिन्। २०६६ सालमा खुल्लाबाट सिनियर डिभिजन इन्जिनियर पदमा नाम निकालिन्। उनी हाइवे उपसमुहकी इन्जिनियर भइन्। २०६७ सालमा खुल्लाबाट सहसचिव नाम निकालिन्।

सडक विभागमा सडक सुधार आयोजना, उत्तर दक्षिण व्यापारिक मार्ग आयोजना ९कर्णाली, कोशी र कालीगण्डकी०, त्यस्तै राष्ट्रिय सतर्कता केन्द्र प्राविधिक परिक्षण महाशाखा प्रमुख भएर काम गरेकी छन्। विभागमा उनले मर्मतसम्भार महाशाखाको प्रमुखको जिम्मेवारी सम्हालेकी थिइन। मन्त्रालयमा सरुवा भएपछि उनलाई निर्माण महाशाखाको जिम्मेवारी दिइएको थियो।

 

Loading spinner