रुपन्देहीका प्रमुख जिल्ला अधिकारीसहित प्रहरी प्रमुखहरुको ६ महिना नपुग्दै सरुवा,तामाङले पाए नयाँ जिम्मेवारी

khabarwave
१७ चैत्र २०७७

काठमाण्डाै  । रुपन्देहीका प्रमुख जिल्ला अधिकारीसहित प्रहरी प्रमुखहरुको ६ महिना नपुग्दै सरुवा गरिएको छ ।गृह मन्त्रालयले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी  पिताम्वर घिमिरेको जिल्ला प्रशासन कार्यालय पर्सा सरुवा गरेको छ । यसैगरी रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रविण पोखरेललाई पनि ६ महिना नपुग्दै सरुवा गरिएको छ । सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक भरत खनियालाई पनि हटाइएको छ ।रुपन्देहीमा पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङलाइ जिम्मेवारी दिइने  भएकाे छ ।  ।

स्रोतका अनुसार गत फागुन २१ गते बुटवलको रानीगन्जमा मोतिपूर औद्योगिक क्षेत्रको शिलान्यासमा स्थानीयको विरोधपछि बिथोलिएको र अर्थमन्त्री विष्णु पौडेल दुई मिनेट पनि बोल्न नपाई कार्यक्रम छाडेर हिँड्नुपरेको घटनालाई लिएर प्रजिअसहित सुरक्षा प्रमुखहरुको सरुवा गरिएको हो ।

उक्त शिलान्यास कार्यक्रम लगत्तै स्थानीयले औद्योगिक क्षेत्रको शिलालेख स्तम्भ र आयोजनाको सूचना बोर्ड भत्काइदिएका थिए ।स्थानीयले ढुंगामुढा गरेपछि अर्थमन्त्री पौडेल बोल्दाबोल्दै दुई मिनेटमै मञ्च छाडेर हिँडेका थिए । त्यस क्रममा एमाले कार्यकर्ताले समेत स्थानीयमाथि ढुंगामुढा गरेर प्रतिकार गरेका थिए ।

Loading spinner