रिलायन्स लाइफ इन्स्योरेन्सको आईपीओ हजाराैले पाएनन

khabarwave
१३ भाद्र २०७७

 

 

 

काठमाण्डाै।रिलायन्स लाइफ इन्स्योरेन्स को आईपीओ बाँडफाँड भएको छ । इन्स्योरेन्सले भदौ ४ गतेदेखि निष्काशन गरेको कम्पनीको आईपीओ आज शुक्रबार बिक्री प्रबन्धकको कार्यालय सानिमा क्यापिटलमा बाँडफाँड भएको हो ।

बिक्री प्रबन्ध सानिमा क्यापिटलका अनुसार कम्पनीको आईपीओमा अनुसार २० हजार ५०९ जनाले शेयर पाएका छैनन् । कम्पनीको आईपीओमा ५ लाख ८९ हजार ४६४ जनाबाट आबेदन परेको थियो त्यसमध्ये एक हजार ९५५ वटा आवेदनहरु रद्द भएका छन भने ५ लाख ८७ हजार ५०९ वटा योग्य आवेदन परेका छन् ।

कम्पनीले कुल ६३ करोड रुपैंया बराबरको ६३ लाख कित्ता शेयर निष्काशनमा ल्याएको थियो । त्यस मध्ये सामुहिक लगानी कोषहरुका लागि ३ लाख १५ हजार कित्ता र कर्मचारीहरुका लागि पनि ३ लाख १५ हजार कित्ता शेयर छुट्याएर बाँकी रहेको ५६ लाख ७० हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार योग्य आबेदकलाई न्युनतम १० कित्ताका दरले गोलाप्रथाबाट बितरण गर्दा ५ लाख ६७ हजार जनाले मात्रै कम्पनीको शेयर पाएका छन् ।

आईपीओको नतिजा हेर्नको लागि मेरोलगानीको गृहपृष्ठमा रहेको आईपीओ  शिर्षक भित्र रहेको आईपिओ रिजल्ट मा जानसकिन्छ ।

 

 

 

Loading spinner