राष्ट्रिय उपभोक्ता मंच १५ औं बर्षमा

khabarwave
२८ भाद्र २०७७

काठमाण्डाै ।    राष्ट्रिय उपभोक्ता मंच १५ औं बर्षमा प्रबेश गरेकाे छ ।    २०६३ भाद्र २८ गते आम उपभोक्ताको आवाजको प्रतिनिधित्व गर्ने, उपभोक्तालाइ सेवा तथा वस्तुको उपभोग र प्रयोग बारे सचेत गर्ने र उपभोक्ता माथि हुने थिचोमिचोको बिरूध्द संघर्ष गर्ने प्रतिबध्दताका साथ काठमाडौंमा राष्ट्रिय उपभोक्ता मंच स्थापना भएको मन्चले बिश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणको कारणले सिर्जित समस्याको कारण पहिलो पटक  सार्वजनिक कार्यक्रम राख्न नसकिएकाेमा सबैमा क्षमा मागेकाे छ  । सार्वजनिक कार्यक्रम राख्न नसकिएपनि अन्य माध्यमबाट उपभाेक्तालाइ सम्झने मन्चका अध्यक्ष प्रेमलाल मर्हजनले बताउनुभयाे ।उहाँले खबरबेभसँग कुरा गर्दे मंच स्थापना दिबसका अबसरमा देशैभरीका यस मन्चका उपभोक्ता अधिकारकर्मी साथीहरू, मन्चलाइ सेवा, सहयोग र सल्लाह दिनु हुने सम्पूर्ण महानुभावहरू लगायत सम्बध्द सबैलाइ हार्दिक शुभ कामना ब्यक्त गर्दै आगामी दिनमा पनि सबैकाे रचनात्मक सहयाेग प्राप्त हुने बिश्बास लिनु भएकाे छ ।
राष्ट्रिय उपभोक्ता मंचले उपभाेक्ताका पक्षमा प्रभाबकारीरूपमा बिभिन्न कार्यक्रम गर्दै आएकाे छ । अध्यक्ष प्रेमलाल मर्हजन उपभोक्ता अधिकारका पक्षमा दशकाै देखी  आवाज उठाउदै  आएका छन ।

Loading spinner