राष्ट्रपतिबाट ४०१ जना कैदीहरुको कैद मिनाहा , १५ जनाकाे सर्वस्व लगायतको सजाय माफी

khabarwave
७ फाल्गुन २०७७

काठमाण्डाै ।  प्रजातन्त्र दिबसका अबसरमा राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट १५ जना व्यक्तिहरूलाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद, जरिवाना, सर्वस्व लगायतको सजाय माफी भएको छ ।राष्ट्रपति कार्यालयका सहायक प्रबक्ता केशव प्रसाद घिमिरेद्वारा जारी बिज्ञप्तिमा  नेपालको संविधानको धारा २७६ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम सुरेन्द्र भन्ने सालिन्द्र यादवसमेतकाे कैद, जरिवाना, सर्वस्व लगायतको सजाय माफी भएको हाे ।

त्यस्तै सहायक प्रबक्ता घिमिरेद्वारा जारी  अर्काे बिज्ञप्तिमा  राष्ट्रपति श्रीमती  भण्डारीज्यूबाट नेपालको संविधानको धारा २७६ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा जेष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ को दफा १२ बमोजिम मिति २०७७ साल फागुन ७ गते देखि लागू हुने गरी विर्खहाङ लिम्बु समेतका ४०१ (चार सय एक)जना कैदीहरुको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा भएको जनाइएकाे छ ।

 

Loading spinner