
राष्ट्रपतिबाट दुई अध्यादेश जारी
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति कार्यालयका सहायक प्रबक्ता केशबप्रसाद घिमिरेका अनुसार राष्ट्रपति भण्डारीले शपथ सम्बन्धी अध्यादेश, २०७८ र कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ जारी गरेकी हुन् ।