
राष्ट्रपतिबाट दुई अध्यादेश जारी
काठमाण्डाै । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार दुई अध्यादेश स्वीकृत गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले यौन हिंसा विरुद्धको केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७७ र सामाजिक सुरक्षा ९पहिलो संशोधन अध्यादेश, २०७७ स्वीकृत गरेकी हुन् ।
राष्ट्रपतिले संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश स्वीकृत गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।