राष्ट्रपतिबाट तीन अध्यादेश जारी, अध्यादेशले प्रहरी संगठनमा व्यापक फेरबदल गर्दै समायोजनकाे बाटाे खाेल्याे

khabarwave
१२ आश्विन २०७७

काठमाडौं । राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले सोमबार नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा तीनवटा अध्यादेश जारी गरेकी छिन । तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश र नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय पहिलो संशोधन अध्यादेश, २०७७  जारी भएकाे प्रवक्ता हरि प्रसाद दहालबाट जारी विज्ञप्तीमा जनाइएकाे छ ।

नेपाल प्रहरी तथा प्रदेश प्रहरी कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय पहिलो संशोधन अध्यादेश सँगै नेपाल प्रहरीका कर्मचारीलाई प्रदेशमा समायोजन गर्ने बाटो खुलेको छ ।

अध्यादेशले उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरलाई केन्द्र मातहत राखेको छ । प्रहरी नायब महानिरीक्षक डीआईजी को कमाण्ड गर्ने महानगरीय प्रहरी कार्यालय, रानीपोखरीको नाम भने फेरिएर संघीय राजधानी प्रहरी कार्यालय बनेको छ ।

महानगरीय अपराध महाशाखाको नाम पनि संघीय राजधानी अपराध अनुसन्धान कार्यालय भएको छ भने यसका ८ वटा शाखा कार्यालय रहने व्यवस्था छ । सबै कार्यालयमा प्रहरी नायब उपरीक्षक डीएसपी०्र रहनेछ ।

प्रहरी प्रधान कार्यालयको  एक अधिकृतका अनुसार महाशाखाको भक्तपुरमा दुई, ललितपुरमा दुई र काठमाडौंमा चार वटा शाखा रहनेछ । हाल रहेका महानगरीय प्रहरी परिसर र महानगरीय प्रहरी वृत्त पनि अब संघीय राजधानी प्रहरी कार्यालय र संघीय राजधानी प्रहरी वृत्त बन्ने भएका छन् ।

 

Loading spinner