
राष्ट्रपतिबाट अध्यादेश जारी
काठमाडौं ।सरकारले कोरोना विरुद्धको खोप नेपालमा आयातका लागि कानुनी व्यवस्था गरेकाे छ । त्यसैका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल औषधि (तेस्रो संशोधन) अध्यादेश २०७७ जारी गरेकी छन् ।
राष्ट्रपति कार्यालयका अनुसार उनले बुधबार नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा अध्यादेश जारी गरेकी हुन् । कोरोनाविरुद्धको खोप परीक्षण सफल हुनासाथ नेपालमा ल्याउनका लागि कानुनी समस्या नहोस् भनेर अध्यादेश ल्याएकाे सरकारले बताएकाे छ ।