
राजसंस्था स्थापनाको माग गर्दै राजधानीमा प्रर्दशन
काठमाडौं । संवैधानिक राजसंस्था स्थापना र वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्दै बिहीबार काठमाडौंमै प्रदर्शन भएको छ । सनातन संस्कृति समाज नेपालले माइतीघरदेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गरेको हो ।
प्रदर्शनकारीले संवैधानिक राजसंस्था स्थापनाको माग समेत गरेका थिए । पृथ्वीनारायण शाहको नेतृत्वमा आर्जन भएको नेपाललाई अखण्ड राख्नुपर्नेमा उनीहरूको जोड थियो ।