राजसंस्था र हिन्दू राष्ट्र पुनः स्थापना माग गर्दै र्‍याली प्रदर्शन

khabarwave
१७ कार्तिक २०७७

काठमाण्डाै । वीर गोर्खाली अभियानको आयोजनामा राजसंस्था पुनःस्थापनको माग गर्दै रुपन्देहीमा र्‍याली प्रदर्शन गरिएको छ ।  देश र श्रीपेचको रक्षाकोे लागि भन्दै रूपन्देहीमा मोटरसाइकल र्‍यालीसहित प्रदर्शन भएको हो । र्‍यालीमा करिब २ हजार मोटरसाइकल सहभागी रहेका आयोजकले बताएका छन ।

राष्ट्रिय झण्डा र पूर्व राजारानी ज्ञानेन्द्र-कोमल शाहको तस्वीर अंकित टिसर्ट लगाएर तिलोत्तमाको मणिग्रामबाट बुटवलको ट्राफिक चोकसम्म र्‍याली निकालिएको हो ।

र्‍यालीपछि ट्राफिकचोकमा भएको कोणसभामा बोल्दै कार्यक्रम संयोजक बसन्तविक्रम पाण्डेलगायतले राष्ट्रिय एकता र स्थिरताका लागि राजसंस्था र हिन्दू राष्ट्र पुनः स्थापना आवश्यक रहेको तर्क गर्दै यसका लागि देशव्यापी अभियान सञ्चालन गरिने बताए ।

 

 

Loading spinner