रअ प्रमुख र प्रधानमन्त्रीको भेटलाई लिएर रन्किए नारायणकाजी

khabarwave
९ कार्तिक २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई लागेको जुनसुकै काम उनले गर्छन् त्यसमा न त प्रोटोकल हेरिन्छ तर व्यवहारिक पक्ष नै । अहिले भारतीय खुफिया एजेन्सीका प्रमुखसँगको भेटका कारण प्रधानमन्त्री ओली विवादमा तानिएका छन् ।

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता, राष्ट्रियसभाका सदस्य तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले रअ प्रमुख सामन्तकुमार गोयलसँग गरेको शिष्टाचार भेटलाई लिएर गम्भीर प्रश्न उठाएका छन् । आज सामाजिक सञ्जाल फेशबुकमार्फत नेता श्रेष्ठले यस्तो प्रश्न उठाएका हुन् ।

उक्त भेटवार्ताबारे प्रधानमन्त्री ओलीले पार्टीमा पूर्व जानकारी नै नदिएको र भेटपछिपनि पार्टीमा कुनै संस्थागत एवम् औपचारिक छलफल नभएको श्रेष्ठको भनाई छ ।

उनले लेखका छन्, केही दिन गोरखा र चितवनको भ्रमण गरी काठमाडौं फर्किएको छु । यसबिचमा भारतको गुप्तचर सँस्था ‘र ‘प्रमुख सामन्त गोएल बिमान नै चार्टर गरी आफ्नो टोली सहित नेपाल आएर हाम्रा प्रधानमन्त्री सँग ‘वार्ता’ गरेर फिर्ता भएछन् ।प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्रालयको सँस्थागत जानाकारी र उपस्थिति बिना उनलाई भेट्नुभएछ। हाम्रो पार्टीलाई यसबारेमा कुनै पुर्व जानाकारी थिएन र पछि पनि पार्टीमा यसबारेमा कुनै सँस्थागत एवं औपचारिक छलफल भएको छैन । त्यसैले यस सम्बन्धमा यहाँ ब्यक्त बिचार मेरो निजी बिचार हो । मेरो बिचारमा नेपालको राजनीतिक एवं कुटनीतिक ईतिहाँसमा यस प्रकृतिको यो पहिलो घटना हो, देशको प्रधानमन्त्रीले बिना कुनै निर्धारित कार्यसुचि बिदेशी गुप्तचर संस्थाको अधिकारीसँग कुटनीतिक मर्यादा बिपरीत समकक्षी झैं औपचारिक वार्ता गरेको ।नेपालको राष्ट्रिय अनुसन्धान बिभागको प्रमुखले आफ्नो समकक्षीलाई निश्चित बिषयमा छलफल गर्न भ्रमणको लागि निमन्त्रणा गरेको हो भने कुटनीतिक मर्यादा अनुरुप शिष्टाचार भेट हुन सक्दथ्यो । त्यो होइन भन्ने स्पष्ट भइसकेको छ । बिदेशी सरकार प्रमुखले औपचारिक रुपमा आफ्नो बिशेष दुतका रुपमा अख्तियार प्रदान गरी पठाएको हो भने पनि सन्देश सुन्ने र प्रत्युत्तर सन्देश पठाउने गरी कुरा हुन सक्दथ्यो ।तर त्यस्तो पनि देखिएन ।त्यसैले गम्भीर प्रश्न उठ्छ,बिदेशी गुप्तचर अधिकारी सँग प्रमको भेट र कुटनीतिक मुल्य र आचारसँहिता बिपरीतको यस्तो भेट किनरुयसप्रकारको कर्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा र कुटनीतिक ओझ गिर्ने मात्र होइन ,अन्ततः राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने काम हुन सक्दछ ।”

Loading spinner