रअ प्रमुखकाे भ्रमणपछि भारतले एकतर्फी सेना प्रमुखकाे भ्रमणकाे मिति ताेक्याे,आज निर्णय हुने

khabarwave
११ कार्तिक २०७७

काठमाडौं । भारतका खुफिया एजेन्सी प्रमुख गोयल नेपाल भ्रमणपछि भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरभाने नोभेम्बर ४ तारिख अर्थात कार्तिक १९ गते  नेपाल आउने भएका छन् । तीन दिने नेपाल भ्रमणका लागि नरभाने आउन लागेका हुन् ।

भ्रमणको यो मिति भारतीय पक्षले तोकेको हुनाले आज दुई देशका अधिकारीबीच भ्रमणको मितिलाई औपचारिक टुंगो लगाउने विषयमा छलफल हुने बताइएक्भााे छ । भारतीय पक्षले नै तय गरेको मितिलाई नै औपचारिकता दिने बढी सम्भावना रहेको स्रोतले बतायो ।

नेपाल र भारतबीच सीमा विवाद चर्किएपछि पहिलो पटक भारतीय पक्षबाट यो स्तरको भ्रमण हुन लागेको हो । भारतीय सेना प्रमुखको भ्रमणको क्रममा सीमा विवादको विषयमा पनि अनौपचारिक तरिकाले कुराकानी हुने अपेक्षा गरिएको छ ।नेपाल र भारत दुवै देशका सेना प्रमुखलाई एकअर्काको देशमा मानार्थ सेनापतिको सम्मान दिने प्रचलन छ । त्यसैका लागि नरभाने नेपाल आउन लागेका हुन् ।

 

Loading spinner