
युनिक नेपालद्वारा १५ लाख नगद छात्रवृत्ति प्रदान
काठमाण्डाै । युनिक नेपाल राजापुर बर्दियाले सामुदायिक तथा सार्वजनिक विद्यालयमा अध्ययनरत जेहेन्दार तथा उत्कृष्ट विद्यार्थी हरूलाइ नगदै छात्राबृति प्रदान गरेकाे छ । युनिक नेपालका संरक्षक एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. गाेपाल दहित प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा विशिष्ट अतिथिका रूपमा नेपाली कांग्रेसका महासमिति सदस्य एवं संगठन विभागका केन्द्रीय सदस्य जन्मजय तिमिल्सेना , अतिथिकारूपमा राजापुर नेपाली काँग्रेसका इकाइ सभापति एबं वडा नम्बर ४ का अध्यक्ष रमण कुमार रेग्मी , उद्याेग बाणिज्य महासंघ राजापुरका अध्यक्ष कृष्णकुमार रेग्मी ,पत्रकार महासंघ जिल्ला सभापति बर्दियाका राजेन्द्र धिताल, नेपाली कांग्रेसका पूर्व महासमिति सदस्य साेम प्रसाद चौधरी, प्रेस युनियनका अध्यक्ष बिनयराज भण्डारी , लुम्बिनी डटकमका संचालक यामनाथ घिमिरेको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा विशिष्ट अतिथि जन्मजय तिमिल्सेनाले संस्थाको पहलमा भएको उक्त छात्रवृत्ति वितरण कार्यक्रमले विद्यार्थीहरुलाई पठनपाठनमा थप हौसला प्रदान गरेको बताउँदै आगामी दिनमा सस्थाले थप रचनात्मक काम गरेर जाने विश्वास व्यक्त गर्नुभएको थियो । संस्थाले १७५ जना विद्यार्थीहरुलाई १५ लाख नगद छात्रवृत्ति प्रदान गरेको थियो ।