यि हुन आइतबार बसेको मन्त्रिपरिषद बैठकका निर्णय

khabarwave
११ आश्विन २०७७

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद नार्कको कार्यकारी निर्देशकमा डा दीपक भण्डारीलाइ सरकारले  नियुक्त गरेकाे छ ।आइतबार बसेको मन्त्रिपरिषद बैठकले भण्डारीलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो ।कार्यकारी निर्देशक पदगरेतीन वर्षदेखि रिक्त थियो । सिफारिस समितिको सिफारिसका आधारमा भण्डारीलाई कार्यकारी निर्देशकमा  नियुक्त गरिएकाे हाे ।

मन्त्रिपरिषद बैठकले सातै वटा प्रदेशमा इजरायली प्रविधियुक्त बागवानी केन्द्र स्थापनाका लागि एमओयू गर्ने निर्णय गरेको छ ।इजरायलले नेपालमा निर्माण गर्न लागेको वागवानी केन्द्रको स्थापनाका लागि एमओयू गर्ने अधिकार इजरायलका लागि नेपाली राजदूतलाई दिने निर्णय मन्त्रिपरिषदले गरेको छ ।

 

Loading spinner