यस्ताे छ- आजको मौसम
काठमाण्डाै । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । बुधबार बिहान देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ भने तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ।
महाशाखाले आज दिउँसो प्रदेश न. १ तथा गण्डकी प्रदेशमा आंशिक बदली रहि बाँकि भूभागहरुमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरेको छ ।यसैगरी, राति प्रदेश न. १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको भूभागहरूमा आंशिक बदली रहि बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।यस्तै, राति प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका १ वा २ स्थानहरुमा हल्का हिमापातको संभावना रहेको छ।