यसकारण निलम्बनमा परे प्रहरीका दुई एसपी

khabarwave
१८ मंसिर २०७७

काठमाडौं ।आर्थिक अनियमितताको आरोपमा नेपाल प्रहरीका दुईजना उपरीक्षक (एसपी ) निलम्बनमा परेका छन् । एसपीद्वय विमल बस्नेत र रामेश्वर प्रसाद यादवलाई निलम्बन गरिएको प्रहरी हाे ।बस्नेत अहिले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा र यादव महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत थिए । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुखेर्तमा रहँदा उनीहरुले प्रहरी आचरण विपरित आर्थिक अनियमितता गरेको छानविन रिपोर्टका आधारमा गृह मन्त्रालयले निलम्बन गरेको बताइएको छ ।

 

 

Loading spinner