मेयर र प्रमुख प्रशासकीय अधिकृतबीच द्वन्द्व

khabarwave
७ कार्तिक २०७७

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिकाकामा जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतबीच द्वन्द्व चर्किएकाे छ । द्वन्द्वका कारण मध्यपुरको विकासमा प्रत्यक्ष असर परेको कर्मचारी बताउँछन् । नगरप्रमुख मदनसुन्दर श्रेष्ठले प्रमुख प्रशासकीय अधिकृत उद्धव रिजाललाई फिर्ता गर्न माग गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्राचार गरेका छन् ।

सम्पदा पुनर्निर्माणलगायत उपभोक्ता समितिमार्फत भएका कामको भुक्तानी नदिई दुःख दिएको, आन्तरिक राजनीतिक गतिविधिमा सहभागी भएको र अनुचित आर्थिक लाभमा सहभागी भई नगरपालिकाका काममा असहयोग गरेको आरोप नगर प्रमुख श्रेष्ठले रिजाललाई लगाएका छन् ।नगर प्रमुख तत्कालीन नेकपा (एमाले)बाट विजयी भए पनि नगरपालिकामा दुई तिहाइ बहुमत नेपाली कांग्रेसको छ ।

 

 

Loading spinner