मेयरसा’ब के गरेकाे याे ?
काठमाण्डाै । मध्यपुर थिमी नगरपालिकामा नगरप्रमुखले अर्काे तमासा देखाएका छन । नगरपालिकाकालागि हरेक क्रियाकलापको लगत इष्टमेट (लई) तयारी र स्वीकृति प्रारम्भिक प्रकृया हुन भने योजना अभिलेख प्रणाली त्यसको लागि एक शशक्त औजार बनेको छ ।
कोरोनाका कारण कार्यलय प्रमुखसँग नभेटिकन पनि लई पेश गर्न र स्वीकृत गर्न नगरपालिकाबाट यो सफटवेयर विकास गरिएको हाे । नगरपालिकाका चालू आ.व.का करिव ७सय ८० योजनाहरु यसमा ईन्ट्रि गरिएका छन् ।
वडा कार्यालयले र वडाध्यक्ष समेतले आफ्नो वडा र नगरभरी के कति योजनाका लगत इष्टमेट गरिए र लगत इष्टमेट नभए लगत इष्टमेट गर्ने जिम्मेवार कर्मचारी को हो, लई कहिले पेश गर्यो र कहिले स्वीकृत भयो, लई बमोजिम खरिद प्रकृया के भयो र, उपभोक्ता समिति गठन भएको भए सो को विस्तृत विवरण जस्ता विषय यस सफ्टवेयरले सार्वजनिक गर्दछ ।
ढिलासुस्ती र अनियमितता रोक्न महत्वपुर्ण अस्त्र सावित सफ्टवेयर जडान गर्न मेयर आफैले अग्रसरता लिए । नगर कार्यपालिकाको मिति ०७७।०७।०२ मा बसेको बैठकले यो सफ्टवेयर जडान भै संचालनमा आएको व्यहोरा आफ्नो निर्णयमा नै लेख्यो । तर जब काम पहिले गर्न लगाईयो, त्यस्ता विषयहरु सफ्टवेयरमा राख्दा सार्वजनिक हुने भयले नगरप्रमुख आफैं डराए ।
यसरी संचालनमा आईसकेको सफ्टवेयर हाल नगरप्रमुखको आदेशमा कर्मचारीहरु नचलाउने अवस्थामा पुगेका छन् । अब हेर्न वाँकि नै नगरकार्यपालिकाको निर्णयलाई काटेर नगरप्रमुखले यस्तो आदेश दिन मिल्छ र रुयस विषयमा वडा नं २ का वडाध्यक्ष एवं प्रवक्ता राम थापासँग सम्पर्क गर्दा नगरकार्यपालिकाले गरेको निर्णय कार्यान्वयन गर्ने जिम्मेवारी नगरप्रमुखको हो, रोक्ने आदेश दिन पाईन्न । उनले भने- यो सबै कार्यपालिका सदस्यको अपमान र नगरवासिको चाहना विपरितको कदम हो।