
मेगा बैंकले १८ लाख ४० हजार कित्ता शेयर लिलामी गर्ने, असोज ११–१८ सम्म आवेदन दिन सकिने
काठमडौं । हकप्रद जारी गर्दा बिक्री नभएका १८ लाख ४० हजार कित्ता शेयर मेगा बैंकले असो ११ गतेदेखि लिलामी मार्फत बिक्री गर्ने भएको छ। बैंकले संस्थापक तर्फको ११ लाख ३३ हजार ३४४।७० कित्ता र सर्वसाधारण तर्फको ७ लाख ७ हजार ३९४।९३ कित्ता शेयर बोलकबोल मार्फत बिक्री गर्न लागेको हो। बैंकले २०७४ भदौ २७ गतेदेखि कार्तिक १४ गतेसम्म बिक्री खुल्ला गरेको हकप्रद शेयरमा सबै शेयर बिक्री हुन नसकेपछि बिक्री नभएको हकप्रद शेयर लिलामी मार्फत बिक्री गर्न लागेको हो ।
लिलामी शेयरमा न्युनतम १०० कित्ताका लागि आवेदन दिन सकिने छ भने अधिकतम १ लाख कित्तासम्ममो लागि आवेदन दिन सकिने बैंकले जनाएको छ। लिलामी शेयरमा आवेदन गर्दा न्युनतम १ सय रुपैयनाँ अंकित गरी प्रतिशपर्धात्मक गोप्य शिलबन्दि बोलपत्र पेश गर्नुपर्नेछ। लगानीकर्ताले आफुले दिन चाहेको शेयर सँख्या र मल्य उल्लेख गरी आवेदन पेश गर्न सक्नेछन्।
लगानीकर्ताले असोज ११ गतेदेखि असोज १८ गतेसम्म लिलामी शेयर खरिदको लागि गोप्य शिलबन्दि बोलपत्र पेश गर्न सक्नेछन्। लिलामी शेयरमा बिक्री प्रबन्धक मेगा क्यापिटल र मेगा बैंकका तोकिएका शाखा कार्यलयमार्फत आवेदन पेश गर्न सकिने छ। बैंकको शेयर असोज १ गते प्रतिकित्ता २२८ रूपैयाँमा अन्तिम कारोबार भएको थियो।