मुख्यमन्त्री शेरधन विरुद्ध अविश्वासको प्रस्ताव दर्ताकाे तयारी, अर्थमन्त्री आङ्वो गुट फेरेर मुख्यमन्त्री बन्ने दाउमा

khabarwave
११ पुष २०७७

काठमाण्डाै । वागमती प्रदेशमा मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । सोहि घटनाले प्रदेश १ मा पनि तत्काल असर गर्ने भएकाे छ  । प्रदेश १ सभामा ९३ जना सांसद छन्। जसमा नेकपाका ६७ जना छन्।जसमा मुख्यमन्त्री शेरधन राईलाई पूर्व एमालेतर्फका २६ सांसदले भोट दिएर तत्कालीन एमालेको संसदीय दलको नेता हुँदै मुख्यमन्त्री बनाएका थिए । नेकपा एकीकरणपछि पनि राई दलको नेता र मुख्यमन्त्री छन् । प्रमुख सचेतक बुद्धिकुमार राजभन्डारी पनि ओली समूहकै हुन् । नेकपाकाे ६७ जनामध्ये पूर्वएमालेबाट ५१ र पूर्वमाओवादीबाट १६ जना छन्। सरकारलाई बहुमत पु¥याउन ४७ सांसद आवश्यक पर्छ। तर, मुख्यमन्त्री राईको पक्षमा यति बेला १९ जनामात्रै सांसद देखिएका छन्। मुख्यमन्त्रीको पक्षमा बहुमत पुग्ने सम्भावना नदेखिएपछि उनी स्वतः अल्पमतमा पर्ने देखिन्छ। प्रदेशसभामा नेपाली कांग्रेसका २१, जनता समाजवादी पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टीका १ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ सांसद छन्।

ओली र प्रचण्ड समूहले अविश्वास आएको खण्डमा कांग्रेससँग तालमेलको तयारी समेत गरेका छन् । प्रदेश १ मा नेपाली कांग्रेसलाई निर्णायकका रुपमा हेरिएको छ । बादल समूहका नेता मानिने प्रदशेका अर्थमन्त्री इन्द्र आङ्वोले पूर्व एमालेहरुलाई धोका दिएर हस्ताक्षर संकलन गरिरहेको स्रोतको दावी छ । मन्त्री आङबोले मुख्यमन्त्रीका रुपमा आफुलाई उभ्याएर हस्ताक्षर संकलन गरिरहेको बुझिएको छ । बादल समूहबाट मन्त्री बनेका आङ्वो अब माधब-प्रचण्ड समूहको समर्थन गरेर मुख्यमन्त्री बन्ने दाऊमा रहेको बताइन्छ ।

Loading spinner