मुख्यमन्त्री विरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता हुने

khabarwave
२७ आश्विन २०७७

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री   महेन्द्रबहादुर शाहीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता हुने भएकाे छ ।केन्द्रमा नेकपाका शिर्ष नेताबीच सहमति भएपछि र  मन्त्रिपरिषद् पुनर्गठन मुख्यमन्त्री  गर्न सहमत भएपछि माधवकुमार नेपाल समूह पछाडि हटेको छ ।

मंगलबार भएको छलफलमा मुख्यमन्त्री शाही मन्त्रिपरिषद् पुनर्गठन गर्न सहमत भएपछि नेपाल समूहका सांसदहरु अविश्वासको प्रस्तावबाट पछि हटेका हुन् । नेपाल पक्षले थप तीन मन्त्री र संसदीय दलको सचेतक पद पाउने गरी सहमति भएको हो ।

यससँगै मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका नेपाल समूहका ७ सांसदले आफ्नो समर्थन फिर्ता लिनेछन् ।

संसदीय दलका नेता शाहीविरुद्ध आइतबार नेकपाकै १८ सांसदले संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

Loading spinner