आर्थिक मामिला मन्त्री बर्खास्त, मुख्यमन्त्री राईकाे दिनगन्ती शुरू

khabarwave
११ पुष २०७७

काठमाण्डाै । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनपछि प्रचण्ड-नेपाल समूहले मुख्यमन्त्री राईविरुद्ध  अविश्वासकाे प्रस्तावको तयारी गरेको छ । त्यसकाे अगुवाइ गरेकाे आराेपमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई पदमुक्त गरेका छन् । त्यसको सूचना पाएपछि मुख्यमन्त्री राईले आर्थिक मामिलामन्त्री आङ्बोलाई बर्खास्त गरेको हुनसक्ने नेताहरुले बताएका छन्  ।प्रचण्ड-माधव समूहका सांसदहरको हस्ताक्षर संकलन भइरहेको  बताइएकाे छ ।

मुख्यमन्त्री राईले संविधानको धारा १६९ को (२)  (ख) बमोजिम मन्त्री आङ्बोलाई मुख्यमन्त्रीले पदमुक्त गरेका हुन ।मुख्यमन्त्री राई, नेकपा ओली समूहका हुन् । पूर्व माओवादी खेमामा आङ्बो प्रचण्ड-नेपाल  समूहमा लागेका छन् ।

Loading spinner