मुख्यमन्त्रीद्वय पोखरेल र गुरुङलाई प्रदेश इन्चार्जबाट हटाईयाे,देवेन्द्र र युवराजलाई ताेकियाे

khabarwave
२० पुष २०७७

काठमाडौं । नेकपाको पेरिसडाडाँमा बसेको प्रचण्ड– माधव समुहकाे स्थायी कमिटी बैठकले  प्रदेश इन्चार्जबाट पुथ्वी सुब्बा गुरुङ र शंकर पोखरेललाई जिम्मेवारीबाट हटाएको छ । गण्डकीमा देवेन्द्र पौडेल  र लुम्बिनीमा युवराज ज्ञवाली इन्चार्ज तोकिएका छन् ।

गुरुङ गण्डकी प्रदेशको इन्चार्ज  र पोखरेल लुम्बिनी प्रदेशको इन्चार्ज थिए ।  ओली समूहले पनि प्रचण्ड– माधव समूहमा रहेका इन्चार्जहरुलाई हटाएर नयाँ जिम्मेवारी दिइसकेको छ । प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने प्रचण्ड– माधव  समूहकै नेता इन्चार्ज छन् ।

 

Loading spinner