मुख्यमन्त्रीको विवाह माघ ११ गते

khabarwave
२ माघ २०७७

काठमाण्डाै  ।  मुख्यमन्त्री शेरधन राईको यही माघ ११ गते विवाह हुने भएको छ । मुख्यमन्त्री राईले अन्तरजातीय विवाह गर्न लागेको उनी निकटस्थहरु बताउँछन् ।

उनको विवाह अमेरिकामा बस्दै आएकी नेपाली युवतीसँग काठमाडौंमा हुने तय भएको हो । विराटनगरमा हुने कार्यक्रममा प्रदेश १ का राजनीतिकर्मी, उद्योगी, व्यापारी, शुभचिन्तक, सांसद, कर्मचारीलगायत अतिथि र निम्तालुको सहभागिता रहने बताइएको छ ।विवाहलगत्तै प्रदेश राजधानी विराटनगरमा विवाहको शुभकामना तथा प्रितिभोज कार्यक्रम हुनेछ ।

Loading spinner