मुख्यमन्त्रीकाे नजरमा संसद बिघटन हुनुका यि हुन् ८ कारण

khabarwave
२२ पुष २०७७

काठमाण्डाै । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पाेखरेलले  संसद बिघटन हुनुका  ८ कारण सामाजिक संजालमार्फत सार्बजनिक गरेका छन । उनले भनेका छन -नेकपाको झण्डै दुई तिहाइको उपस्थिति रहेको प्रतिनिधि सभाले आफ्नो सान्दर्भिकता कसरी गुमायो र
सरकारको विजनेस सभामुखवाट अवान्छित रुपमा लामो समय रोकेर राख्नाले,
सरकारवाट प्रस्तुत भएका विधेयकहरुमा सत्तापक्षकै समितिका सभापती र सांसदहरुको असहयोग रहनाले,
विधेयका सन्दर्भमा संसदीय समितिले गरेको निर्णयमा विभागिय मन्त्रीले नै असहमती राख्ने विडम्वनापूर्ण अवस्था सिर्जना हुनुले,
सत्तापक्षका प्रतिनिधिसभाका सदस्यहरु दलिय अनुशासन भन्दा वाहिर गएर प्रतिनिधिसभामा प्रस्तुत हुनाले,

पार्टी र संसदीय दलको निर्णय वेगर विशेष अधिवेशनको मागगर्दै राष्ट्रपति कार्यालयमा औपचारिक रुपमा समावेदन दर्तागर्न जानुले,
पार्टी र दलमा औपचारिक प्रस्ताव समेत नराखी प्रधानमन्त्रीका विरुद्धमा संसदिय पद्धति र परम्परा विपरित अविश्वास प्रस्तावका लागि हस्ताक्षर संकलन गर्नाले, पार्टी एकता भएको लामो समयसम्म पनि पूर्व समुहका संसदीय दललाइ एकिकृत गर्न तयार नहुनाले ।
पार्टी भित्रको अन्तरद्वन्द्व र प्रथम अध्यक्षका विरुद्धको गंभीर षडयन्त्रका साथै प्रतिनिधिसभामा सत्तापक्षको यो हविगत पनि प्रतिनिधिसभा विघटनको आधार तथा कारण वन्न पुुग्यो । प्रतिनिधिसभा विघटनका लागि प्रधानमन्त्रीलाई औला देखाउनुहुने माननीयज्यूहरुले औला देखाउनुपूर्व यस बीचमा आफुहरुले खेलेको यस प्रकारको भूमिकाका वारेमा पनि आत्मसमिक्षा गर्ने कि ?

Loading spinner