मुक्तिनाथका ग्राहकलाई जता फर्के पनि छूट

khabarwave
१७ कार्तिक २०७७

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोवाइल बैंकिङ्ग प्रयोगकर्ता ग्राहकहरुलाई डिजिटल माध्यमबाट कारोबार गर्न प्रोत्साहन गर्दै विभिन्न व्यवसायिक संस्थाहरुसंग विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ । सम्झौता भएका व्यवसायिक संस्थाहरु ।
१ ब्लुक्रस अस्पताल त्रिपुरेश्वर, अस्पताल तथा स्वास्थ्य सेवामा१० प्रतिशतसम्म छुट ।
२ धुलिखेल माउण्टेन रिर्सोट, धुलिखेल होटल तथा रिर्सोटमा १० प्रतिशत छुट ।
३ स्तुपा रिर्सोट, नगरकोट, होटल तथा रिर्सोटमा १५ प्रतिशत छुट ।
४ जम्बाला रिर्सोट, खोटाङ्ग, होटल तथा रिर्सोटमा १५ प्रतिशत छुट ।
५ ल्याण्डमार्क होटल काठमाडौं, पोखरा र चितवन, होटल, रिर्सोट तथा स्पामा १५ प्रतिशतसम्म छुट ।
६ ओडान ग्रुप अफ कम्पनी काठमाडौं रेस्टुरेन्टमा १५ प्रतिशत छुट ।
७ देव कर्नर ज्वेलरी, काठमाडौं, गरगहना सम्बन्धी सेवामा ३० प्रतिशतसम्म छुट ।
यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले माथि उल्लेखित व्यवसायिक संस्थाहरुबाट सेवा लिदा १० देखि ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । यसरी विभिन्न संस्थासंग हातेमालो गर्दै कोभिढ १९ को संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ्ग कारोबार बढाउने कार्यमा उल्लेखित सम्झौताहरुले थप प्रोत्साहान गर्ने अपेक्षा बैंकले लिएको छ ।

Loading spinner