मालिकार्जुनमा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु

khabarwave
२२ मंसिर २०७७

काठमाण्डाै ।    महाकाली राजमार्गअन्तर्गत गोकुलेश्वर–दार्चुला सडकखण्डको मालिकार्जुन गाउँपालिकामा ट्रक दुर्घटना भएकाे छ । मालिकार्जुन गाउँपालिकामा –१ भर्तोलामा गए राति ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। गोकुलेश्वरबाट दार्चुला सदरमुकाम खलङ्गातर्फ गइरहेको ना ३ ख ३४८५ नम्बरको ट्रक गए राति सवा १० बजे दुर्घटनामा परेको हो। मृत्यु हुनेमा ट्रक चालक बैतडीको दोगडाकेदार गाउँपालिका–५ न्वालीका २४ वर्षीय शेरसिंह कार्की रहेका प्रहरीले जानकारी दिएकाे छ ।

मृतकहरूको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ।

 

Loading spinner