माग पुरा नभएपछि १७ जना चिकित्सकले बुझाए सामूहिक राजीनामा

khabarwave
१९ कार्तिक २०७७

काठमाडौं । मुलुककाे पुरानाे अस्पतालकोरूपमा परिचित  वीर अस्पतालको आकस्मिक कक्षका १७ जना चिकित्सकले बुधबार सामूहिक राजीनामा दिएका छन् ।अस्पतालको निर्देशकलाई बुझाएको राजीनामा पत्रमा लेखिएको छ-माहामारीमा काम गर्दा हाम्रा माग हजुरहरु सामु पेस गरिरहँदा पनि बेवास्ता गरेको, आवश्यक सुरक्षा सामग्री उपलब्ध नगराएको, ज्यालादारी भनेर अपमानित गर्दै दसैँतिहार भत्ता समेत नदिएकाले हाम्रो मनोवल गिरेको जानकारी गराउन चाहान्छौँ । धम्कीसहित जवरजस्ती हप्ताको ९६ घण्टासम्म ड्युटी गराएको तर, सेवा सुविधा उपलब्ध नगराएको पनि चिकित्सकहरुले पत्रमा उल्लेख गरेका छन् ।

कोभिड १९ महामारीको उपचारका क्रममा अस्पताल प्रशासनले आफ्ना माग र सुरक्षामा कुनै ध्यान नदिएको भन्दै १७ जना मेडिकल अधिकृतहरुले सामूहिक राजीनामा दिएका हुन् ।

अस्पताल प्रशासनले  हामीले भनेअनुसार काम गर कि राजीनामा देऊ भनेपछि राजीनामा दिएकाे चिकित्सकहरूले बताएका छन।

 

Loading spinner